गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

म्याग्दी | जेठ २१, २०८०

गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

म्याग्दी:  गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ । पर्वतका किरण विकले १४।०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । उनले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।

 

त्यस्तै पर्वतका राजेन्द्र हमालले १३,९७ मिटरको दुरी फाल्दै दोश्रो भए भने निशान बोहराले १२,८२ मिटर ठेलो फाल्दै तेश्रो स्थानमा चित्त बुझाए । दोश्रो भएका हमालले नगद रु १५ हजार र तेश्रो भएका बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन्।

 

प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो । लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाउने बताए पनि अन्तिम समयमा अनुपस्थित रहेका थिए ।

 

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषदकी सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिदै आएकोमा सो को सरक्षण, प्रवर्द्धन र प्रचार प्रसारका लागि आयोजना गरिएको परिषदका सदस्य समेत रहेका शेरचनले बताएका छन्। 
 

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्